काठमाडौं । भारतको पञ्जाव नेशनल बैक समेतको साझेदारी रहेको एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको कार्यकाल थप भएको छ । बैंक सञ्चालक समितीको आईतबार बसेको बैठकले प्रमुख कार्यकारी खालिङको कार्यगत दक्षता, योग्यता र बैकमा गरेको राम्रो काम कै आधारमा कार्यकाल थप गरेको हो।
यसअघि बैंकले २०७८ साल असोज महिनामा खालिङलाई चार बर्षे कार्यकालको लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो । उक्त कार्यकाल सकिनै लाग्दा बैंकको बोर्ड बैठकले यही असोज आठ गतेदेखि नैं कार्यान्वयनमा आउने गरी खालिङलाई आगामी चार बर्षको लागि पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नेपाली बैंकिङ क्षेत्रमा कुशल, काविल र सालिन प्रमुख कार्यकारीको छवि बनाएका खालिङ आफ्नो काम प्रति निकै लगाव राख्छन । उनको यही लगावकाकारण एभरेष्ट बैंकले प्रतिकुल अवस्थामा पनि नयाँ उजाई लिन सफल भएको छ।
बैंकले गत आर्थिक बर्षमा चार अर्ब ९२ करोड ८१ लाख ६५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । प्रमुख कार्यकारी अधिकृत खालिङको कार्यगत दक्षता कै कारण यसअवधिमा एभरेष्ट बैंकमा बाँणिज्य बैंकहरु मध्येमा सबै भन्दा कम अर्थात शुन्य दशमलव ३८ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको छ । जबकी यस अवधिमा अन्य बाँणिज्य बैंकहरुमा झण्डै १० प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा पनि एभरेष्टले तीन अर्ब ८० करोड ३२ लाख २५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । उक्त अवधिमा पनि एभरेष्टमा बाँणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम अर्थात शुन्य दशमलव ७१ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो । उक्त अवधिमा पनि अन्य बाणिज्य बैंकहरुमा झण्डै १० प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको थियो ।
























प्रतिक्रिया