नेपाली कांग्रेसका नेताले गरे कांग्रेस परित्याग एमालेमा प्रवेश गर्ने तयारी
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवम् बाह्रबिसे नगरपालिका-२ का वडाअध्यक्ष बमबहादुर तामाङले कांग्रेस परित्याग गरेका छन । आज एक प्रेस विज्ञप्ति जारी गर्दे तामाङले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । विशेष शुत्रले दिएको जानकारी अनुसार तामाङ सहित ठुलो संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ।
२०४६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेर कांग्रेसमा आबद्ध भएका तामाङले पार्टीभित्र ‘पेलानको राजनीतिक’ सुरु भएपछि कांग्रेस छाडेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘केही वर्षदेखि नेपाली कांग्रेसमा विशेष गरी सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हाबी हुँदै गएकोले कांग्रेस पाटीमा रहेर काम गर्ने वातावरण नरहेको, पाटीमा व्यक्तिबादी सोच बढी हाबी हुने जस्ता गतिविधिले आम कांग्रेस कार्यकर्ताहरु निराश भएको अध्यक्ष तामाङद्वारा जारी विज्ञपतिमा भनिएको छ ।
माओवादी द्वन्द्वकालमा पनि आफू अविचलित कांग्रेसको राजनीतिक रहँदा द्वन्दबाट पीडित रहेको तर अहिले कांग्रेसका नेताहरूले आफूहरूलाई पेलेको तामाङ द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
वि.सं.२०७८ फागुन १९ बिहीवार १६:४७