एमालेले ल्यायो घोषणापत्र : पाँच वर्षमै प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमार्फत आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। समतामूलक र द्रुत आर्थिक विकासमार्फत चरम गरिबी अन्त्य गर्ने प्रतिबद्धतासहित अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र दस वर्षमा दुई सय खर्ब रुपैयाँ पुर्‍याउने योजना…