एमाले उम्मेदवार सरेश नेपाललाई ठोकर्पा र कालिकामा भव्य स्वागत

सिन्धुपाल्चोक, नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपाललाई ठोकर्पा र कालिकामा भव्य स्वागत गरिएको छ। आइतबार सुनकोशी गाउँपालिका वडा नम्बर १, २ र ३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमका क्रममा उहाँलाई स्थानीय नेता तथा मतदाताले उत्साहपूर्वक स्वागत गरेका हुन्। मतदाता भेटघाटका क्रममा उम्मेदवार नेपालले सयौँ स्थानीय नेता तथा मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो।…