सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा उत्साहजनक सहभागिता
नेकपा एमालेको निर्वाचन केन्द्रीत भेला सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। भेलामा उत्साहजनक उपस्थिति देखिएको थियो भने एमालेका उम्मेदवार सरेश नेपाललाई विजयी गराउने दृढ संकल्प व्यक्त गरिएको थियो। कार्यक्रममा सांगीतिक प्रस्तुति समेत रहेको थियो।
कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष द्वारिका प्याकुरेलले राजधानी काठमाडौँमा बसोबास गर्ने सम्पूर्ण सिन्धुपाल्चोकवासीलाई देश निर्माण गर्ने शक्ति नेकपा एमालेलाई जिताउन आह्वान गर्नुभयो। उहाँले राष्ट्रको समृद्धि र स्थायित्वका लागि एमालेको विजय अपरिहार्य रहेको बताउनुभयो।
त्यसैगरी निर्वाचन परिचालन समितिका संयोजक कमल नेपाल, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुवास कर्माचार्यले जनमत एमालेको पक्षमा रहेकाले सबै कार्यकर्ता एकताबद्ध भएर निर्वाचन अभियानमा लाग्न अनुरोध गर्नुभयो। उहाँहरूले पार्टीभित्रका आन्तरिक मतभेद थाती राख्दै साझा लक्ष्यका लागि सक्रिय हुन आग्रह गर्नुभयो।
एमाले प्रतिनिधि परिषद् सदस्य सुशिला पाख्रिनले पार्टी शान्तिपूर्ण रूपमा निर्वाचनमा होमिँदा कुनै पनि अवरोध आए त्यसको सशक्त प्रतिकार गरिने चेतावनी दिनुभयो।
उम्मेदवार सरेश नेपालले राष्ट्रिय शक्ति, मुलुकलाई सही दिशा दिने, समृद्धि र विकासको आधार निर्माण गर्ने पार्टी एमाले भएकाले आजको आवश्यकता एमालेको जित भएको स्पष्ट पार्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका पूर्व पोलिटब्युरो सदस्य अरुण नेपालले यो निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबीचको निर्णायक लडाइँ भएको बताउँदै देश निर्माण गर्ने शक्ति एमालेको विजय आवश्यक रहेको धारणा राख्नुभयो।
नेताहरूले वर्तमान गम्भीर अवस्थामा मुलुकलाई गति र सही दिशा दिन एमालेको नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे। अरनिको राजमार्गको स्तरोन्नति, नेपाल–चीन तातोपानी नाका र भन्सारको दिगो व्यवस्थापन तथा जनजीविकाका सवाल समाधान गर्न एमालेको जित आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
























प्रतिक्रिया