back
noc

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता गर्ने दिन नजिकिँदै जाँदा काठमाडौं उपत्यकाको पूर्वीभेगस्थित काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी रौनक बढेको छ । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट मणिराम फुयालको साथै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्तीमगर, राष्ट्रिय प्रजातन्त्र पाटीबाट कुन्ती पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सविना गौतमसहित ३० उम्मेदवार चुनावी मैदानमा छन् । काठमाडौं क्षेत्र नम्बर २ मा महानगरपालिकाको वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ र शंखरापुर नगपालिकाको सबै (१ देखि ९) वडा पर्दछ । यस क्षेत्रमा २ मा ८२ हजार ९ सय ७० मतदाता छन् । प्रतिनिधिसभा सदस्यका ३० प्रत्यासी मध्ये मतदाताको प्रतिक्रिया अनुसार एमालेका फुयाल अलि बलिया देखिन्छन् । यद्यपि घर्ती, पोखरेल र गौतमले पनि जित्ने दाबी गर्दै प्रचारप्रसार सशक्त पारेका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा प्रदेशसभाका उम्मेदवारहरु पनि सशक्त रुपमा सक्रिय भइरहेका छन् । यस क्षेत्रमा प्रदेशतर्फ क्षेत्र १ मा नेकपा एमालेबाट सानुकुमार श्रेष्ठ, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका धु्रव केसीसहित ८ जना चुनावी मैदानमा छन् । प्रदेश क्षेत्र १ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ पर्छ । गएको स्थानीय निर्वाचनमा महानगरका यी दुई वटै वडा एमालेको पोल्टामा गएको छ । एमालेले ३२ मा वडाअध्यक्षसहित सबै पद भारी मतान्तरले जितेको छ । वडानम्बर ९ मा भने वडाअध्यक्ष नेपाली कांगेस र सदस्य सबै एमालेले जितेको छ । एमाले उम्मेदवार श्रेष्ठ यसअघि एक कार्यकाल प्रदेशसभाको नेतृत्व गरिसकेका छन् । अघिल्लो पटक भारी मतान्तरले प्रदेशसभामा विजयी भएका श्रेष्ठले सभामुख समेत भइसकेका व्यक्ति हुन् । एमालेले आफ्नो उम्मेदवार अन्यको तुलनामा प्रभावशाली तथा बलियो भएका र संगठन मजबुद्ध भएकाले यसपटक पनि जित्ने दाबी गरेको छ । यद्यपि काँग्रेस उम्मेदवार केसीले भने गठबन्धनको कारण यस पटक आपूmले जित्ने दाबी गरेका छन् । यस क्षेत्रका बासिन्दा भने यी दुई उम्मेदवारको तुलनामा एमालेका श्रेष्ठ नै बलियो रहेको बताउँछन् ।
काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र २ मा पनि चुनावी चहलपहल देखिन्छ । प्रदेश २ मा कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र शंखरापुर नगरपालिकाको सबै वडा पर्छ । यस क्षेत्रमा प्रदेशसभाका लागि नेकपा एमालेका

सुवर्ण श्रेष्ठ, सत्ता गठन्धनबाट नेकपा एकीकृत समाजवादीका भरत फुयाल र राप्रपाका राजु बिष्टसहित ११ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । यस क्षेत्रमा प्रदेशसभा सदस्यको लागि एमालेका श्रेष्ठ र सत्ता गठबन्धनका फुयालबीच प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशसभाका ११ उम्मेदवार मध्ये एमालेका श्रेष्ठ प्रभावशाली देखिएका छन् ।
शंखरापुर–९ स्थित इन्द्रायणीका बासिन्दा श्रेष्ठ राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील व्यक्ति हुन् । २०३६ सालदेखि राजनीतिमा सक्रिय ५८ वर्षीय श्रेष्ठ यसअघि शंखरापुर नगरपालिकाको मेयर थिए । श्रेष्ठ २०५४ सालमा इन्द्रायणीको गाविस अध्यक्ष समेत थिए । गाविस अध्यक्ष हुँदा राजनीति र समाजमा प्रभाव फैलाउँदै २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट भारी मतले शंखरापुरका मेयर बनेका हुन् । २०७२ सालको भूकम्पले क्षति पुर्याएको शंखरापुर श्रेष्ठकै सक्रियतामा पुर्ननिर्माण भएको छ । मेयर हुँदा श्रेष्ठले शंखरापुरमा पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि लगायतका क्षेत्रमा नगरबासीले सधै सम्झिने गरी उल्लेखनीय कार्य गरेका छन् । त्यही कारण प्रदेशसभामा पनि आपूm भारी मतान्तरले विजयी हुने श्रेष्ठको दाबी छ । एमालेले ‘शंखरापुरको शाख, सुवर्णलाई नै छ जनताको साथ‘ लगायतका नारा घन्काउँदै प्रचारप्रचार गरिरहेको छ । गठबन्धनका फुयाल २०५४ सालमा एमालेबाट मूलपानीको गाविस अध्यक्ष बनेका थिए । फुयालले पनि गठबन्धनको आडमा आपूmले नै चुनाव जित्ने दाबी गरेका छन् । यस क्षेत्रका स्थानीय बासिन्दा भने प्रदेशसभामा फुयालको तुलनामा श्रेष्ठ नै बलियो रहेको बताउँछन् ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...