back
noc

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर ः विजय उत्सवको झल्को

भक्तपुर,। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा भक्तपुर क्षेत्र नं. २ मा एमालेको पक्षमा व्यापक जनलहर आएको छ ।
एमाले क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले आज सूर्यविनायक नगरपालिका वडा नं. ४ मा आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनसागर नै उर्लिएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत तथा प्रदेशसभा ‘क’ सूर्यविनायक क्षेत्रका एमालेका उम्मेदवार किरण थापाको पक्षमा स्वतस्फुर्त रुपमा स्थानीयवासीले स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाए ।
सयौंको संख्यामा रहेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्नो घरको अगाडी स्वागत गरेका थिए । सयौंको संख्यामा स्थानीयवासीले एमाले उम्मेदवार बस्नेत तथा थापालाई स्वागत गर्दै माला, खादा तथा अविर लगाई स्वागत गरे र अग्रिम विजयको श्ुभकामना व्यक्त गरे । उक्त क्रममा स्थानीयवासीको उत्साहलाई हेर्दा घरदैलो जस्तो नभई विजय उत्सव जस्तै बनेको थियो । माला तथा खादालाई संहालेर राख्न समेत नसक्ने गरी स्थानीयवासीले उम्मेदवारलाई स्वागत गरिएका थिए । घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले एमालेको जानवादी गीतहरु गाउँदै नाचगान समेत गरेका थिए । एमालेको उम्मेदवारलाई विजयको घोषणा गर्न मात्र बाँकी रहेको उल्लेख गर्दै सूर्यविनायक वडा नं. ४ का स्थानीयवासीले विजयको माला समेत तयार गरिसकेको बताए ।
स्वागत गर्नेमा एमालेका आस्थावान मात्र नभई गठबन्धन दलका सक्रिय कार्यकर्ता समेत रहेका थिए । उनीहरुले भक्तपुरको विकास र समृद्धिको लागि महेश बस्नेत र किरण थापाको विकल्प नभएकाले पार्टी भन्दा माथि उठी भक्तपुरको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई विजयको शुभकामनासहित ठाउँ ठाउँमा स्वागत गरेको उल्लेख गरे । स्वागत गर्ने स्थानीयवासीले एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताए । उनीहरुले स्वागतका क्रममा ‘मंसिर ४ एमाले सरकार’, ‘महेश किरण जिन्दावाद’, ‘भक्तपुरवासीले के भन्छन्, महेश किरण ले भन्छन्’, ‘सूर्यमा छाप झ्याप झ्याप’ लगायतका उम्मेदवार बस्नेतको नेतृत्वमा भएका विकासका कार्यहरुलाई नारा लगाई भव्य रुपमा स्वागत गरेका थिए ।
स्वागतलाई ग्रहण गर्दै एमाले उम्मेदवार बस्नेत र थापाले जनताको स्वागत र आशिर्वादले विजयी निश्चित रुपमा हुने उल्लेख गर्दै जनताको चाहना शतप्रतिशत पुरा हुने विश्वास दिलाउनुभयो । जनताको एक मतले आफुहरुले पाँच वर्ष जनतालाई सेवा गर्ने उल्लेख गर्दै बस्नेत र थापाले जनमतबाट विजयी घोषणा भएपछि भक्तपुरको विकास र समृद्धिको ठूलो जनपक्षीय अभिभारको जिम्मेवारी एमाले र एमालेका जनप्रतिनिधिको काँधमा आउने र त्यसलाई सहर्स रुपमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा एमालेको केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा लगायतका जिल्ला तहका नेता तथा कार्यकर्ताको साथमा उत्साहजनक रुपमा स्थानीयवासीको सहभागिता रहेको थियो ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...