back
noc

नेकपा एकिकृत समाजवादीको दल दर्ता पछि पहिलो पत्रकार सम्मेलन आफ्नै समकक्षीहरुले धोका दिए: माधव नेपाल

काठमाडौं, भदौ १० । नेकपा एकिकृत समाजवादी पार्टीले दल दर्ताको मान्यता पाएको भोलि पल्टै पहिलो पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष माधव नेपालले आफुलाई उचाल्ने आफू निकटका नेताहरुले धोका दिएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष नेपालको यो आरोप उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपसमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहोरामाथि लक्षित देखिन्थ्यो। सुरुदेखि नै माधव नेपालको साथमा रहनुभएका यी १० प्रभावशाली नेताहरुले पार्टी बिभाजनमा असहमति राख्दै एमालेमै रहने निर्णय गर्नुभएको थियो ।

‘केपी ओलीले प्रशंशा गर्नेलाई मात्रै च्याप्नु भयो । पार्टी सिथिल भयो । सिथिल मात्रै होइन मृत प्राय भयो, यो देखेपछि हामीले विद्रोहको विगुल फुक्ने काम गर्यौ । लामो यात्रामा जाँदा कोही बिचैमा थाक्दा रहेछन,’ निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिएपछि आज पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले एमाले मृत भयो, विद्रोह गरौँ भन्‍नेहरुले धोका दिएको बताउनु भयो।

नेपालले पार्टीका विद्रोेही नेता कार्यकर्ताकै साथ सहयोगले अगाडि बढेको पनि बताउनु भयो । थाक्नेहरु घटिरहन्छन् ,अगाडि बढ्नेहरु लक्ष्य हाँसिल गर्न खोज्ने, देशलाई अघि बढाउन खोज्नेहरु अघि बढिरहन्छन्,’ नेपालले भन्नुभयो । ‘हामीले २०७७ चैतमा विद्रोहको विगुल फुकेका थियौँ । देशभरका कार्यकर्ताको भावनाको कदर गर्नतर्फ लाग्यौँ ।’ उपयुुक्त मौकाको पर्खाइमा भएकाले नयाँ दल दर्ता गर्न सफल भएको अध्यक्ष नेपालले बताउनु भयो।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...