परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिनुपर्छ: अध्यक्ष ओली

काठमाडौं कार्तिक ९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश जारी गरेर सरकार बनाउन सहयोग पुर्याउने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताएका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा…