back

धन्सार डटकमले मंसिरमा फाेटाे प्रतियाेगिता गर्ने

काठमाडौँ असोज २३ । आगामी मंसिरमा धन्सार डटकमले प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित तस्विरहरुको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । ‘फरइभर नेपाल’ नाम दिइएको उक्त प्रतियोगितामा आगामी कात्तिक मसान्तभित्र सहभागिताका लागि फोटो पठाउन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ती विषयवस्तुमा प्रत्येकमा तीन तीन जना गरी नौ जना फोटो पत्रकारलाई पुरस्कारका लागि छनोट गरिने धन्सारका संस्थापक विनोद अधिकारीले जानकारी दिनुभयो ।
पुरस्कारको राशी प्रथमलाई रु ३३ हजार, द्धितीयलाई रु २२ हजार र तृतीयलाई रु ११ हजार दिइने जनाइएको छ । छनोटका क्रममा ४० प्रतिशत नम्बर सार्वजनिक मत र ६० प्रतिशत मत निर्णायकबाट लिइनेछ । छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियारको संयोजकत्वमा फोटो पत्रकार क्लवका अध्यक्ष श्रृति श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, केपीएका अध्यक्ष दिगम्बर राजवंशी, फोटो पत्रकार विकास खतिवडा र म्युजिएम अफ नेपवाली आर्टस्का कार्यकारी निर्देशक राजन शाक्य रहने जानकारी दिइयो ।
निर्णायक समितिका संयोजक रौनियारले आफूहरुले व्यावसायिक र स्वतन्त्ररुपमा प्राप्त फोटोहरुलाई छनोट गरेर पुरस्कृत गरिने बताउनुभयो ।


थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ असार २ शनिवार १७:०१

काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

वि.सं.२०८१ जेठ २९ मंगलवार १९:४२

काठमाडौं । सरकारले बजेट तथा आर्थिक विधेयक २०८१/०८२मा आधारभूत आवश्यकताका...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:३९

पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३)...

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:२७

काठमाडौं । देशका धेरै स्थानमा आज तापक्रम बढेको छ ।...

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ २५ शुक्रवार १३:५९

काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १९ शनिवार १२:०६

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक...