हेलम्बुको ब्लाङ्जे झर्ना : सामुदायिक पर्यटनको सम्भावना, संघ र प्रदेशको ध्यान नपर्दा ओझेलमा

मेलम्ची (सिन्धुपाल्चोक): हेलम्बु गाउँपालिका–७, सुलसिङ्गको ब्लाङ्जे झर्ना हिजोआज देश-विदेशका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। तर, यो प्राकृतिक सौन्दर्यको खानी अहिले पनि संघ र प्रदेशको नजर भनेको परेको छैन । दोस्रो स्थानीय तहको निर्वाचन पछि निर्वाचित वडा अध्यक्ष निलबहादुर खडकाका अनुसार, सामुदायिक सहयोग र सीमित बजेटकै भरमा झर्नाको संरक्षण र प्रचारमा लागिएको हो। गाउँपालिकाको स्रोत सीमित छ, तर…