breaking news

नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा



काठमाडौं । नेपाल आइसिसी टी–२० विश्वकपका लागि छनोट भएको छ । यससँगै नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागी हुने भएको छ ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोटमा शीर्ष तीन स्थानमा रहने पक्का भएपछि नेपालको विश्वकप यात्रामा प्रवेश सुनिश्चित भएको हो ।

नेपालले अब आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा आफ्नो सहभागिता जनाउनेछ ।

नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो र त्यसपछि दश वर्षको अन्तरालपछि २०२४ मा दोस्रो पटक विश्वकप खेल्यो ।

सन् २०१४ मा बंगलादेशमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्तिकारी उछाल आएको थियो । लगातार विश्वकपमा सहभागी हुने अपेक्षा राखिएको थियो । तर सोचेअनुसार प्रदर्शन गर्न नसकेपछि नेपालले लामो समय कुर्नुपरेको थियो ।

दश वर्षपछि अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमार्फत नेपालले पुन: विश्वकपमा स्थान बनाएको हो

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार, ,