थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्ची ७का ११ वर्षीय ससाङ तामाङलाई सिल्वर मेडल

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप (पाँचौं ग्रुप) मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल जितेका छन्। श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका छोरा ससाङले छोटो समयमै न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सफल भएका हुन्। प्रतियोगितामा २८ देशका करिब ३८…