मेलम्ची नगरपालिका

१ अर्ब ५३ करोडको बजेट पारित, मेलम्ची नगरपालिकाको १८औं नगरसभा सम्पन्न



मेलम्ची,सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको १८औं नगरसभा मंगलबार नगरप्रमुख आइतमान तामाङको सभाध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२र८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र विभिन्न समितिका प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। नगरपालिकाले आगामी वर्षका लागि कुल १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५६२ रुपैयाँको बजेट विनियोजन गरेको छ। प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार तथा सेवा प्रवाहमा प्रविधिको उपयोगलाई समेटिएको छ। नगरप्रमुख तामाङले पारदर्शिता, सहभागिता र जवाफदेहिताका आधारमा स्थानीय सरकार सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नगरसभाका सदस्यहरूले प्रस्तुत नीति तथा कार्यक्रमले मेलम्चीको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।डिजिटल मेलम्चीः सेवा प्रवाहमा प्रविधिको प्रयोग, नगरपालिकाका सेवा प्रणाली डिजिटलाइजेसन ।
नगरसभामा सभासद्हरूले पारित नीतिहरूले मेलम्चीको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । नगरप्रमुख तामाङले पारदर्शिता, सहभागिता र जवाफदेहिताको आधारमा स्थानीय सरकार सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित : १४ असार २०८२, शनिबार, ,