back
noc

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले दोहोरो भुमिका खेलेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २को आयोजनामा मेलम्चीमा आयोजित बृहत क्षेत्रिय भेला तथा बनभोज कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चुनावमा कांग्रेससँग सहकार्य गरेको माओवादीले हाताहाती प्रधानमन्त्री दिन नमानेर बालकोट पुगेका प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाएको दुई महिना नबित्दै फेरी सहकार्य परिवर्तनको तयारी गरिरहेको पाण्डेले बताउनुभयो । राष्ट्रपतीको निर्वाचनसम्म कुर्ने धैर्यता प्रचण्डमा नभएको उहाँल बताउनुभयो । यस्तै कांग्रेस पनि सत्ता विना बस्न नसक्ने उहाँले बताउनुभएको छ । नेकपा एमालेले सरकारमा रहँदा जनताको लागि हुने कामको मात्रै निर्णय गरेको पाण्डेले बताउनुभयो । तर अहीले नेकपा एमाले चौतर्फी घेराबन्दीमा परेको उपाध्यक्ष पाण्डेले बताउनुभएको छ । अहिले नेकपा एमालेले देशव्यापी रुपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा केन्द्रीय नेता देखी स्थानिय स्तरमा रहेका कार्यकर्ताहरु एक भएर संगठन बलियो बनाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

कार्यक्रममा पूर्व मन्त्री एवम् स्थाई कमिटि सदस्य शेर बहादुर तामाङ, केन्द्रिय सदस्य माधव ढुंगेल,सोम मिश्र, निर्मल भट्टलाई,केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर अर्याल, केन्द्रिय सल्लाहकार परिषद् सदस्य कृष्णराज श्रेष्ठ लगायत प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २का संयोजक विष्णुमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रम अर्जुन भण्डारीले सञ्चालन गर्नुभएको थियो ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:३२

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता गर्ने दिन नजिकिँदै...