विपिन जोशीको भिडियो सार्वजनिक : ‘म यहाँ आएको २५ दिन भयो

काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक गरिएको छ। इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त फुटेज उनको परिवारको अनुमतिमा बुधबार सार्वजनिक गरेको हो। यो भिडियो अपहरणपछिको दुई वर्षमा विपिन जीवित रहेको पहिलो प्रमाणका रूपमा लिइएको छ। तर, फुटेज पुरानो भएकाले हाल उनको अवस्थाबारे यकिन जानकारी छैन।…