अन्तरराष्ट्रिय

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानमार्फत काठमाडौं ल्याइँदै



काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका ३७ नेपालीलाई बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ‘उडान नम्बर एन८२८एएक्स’ जहाजमार्फत उनीहरूलाई नेपाल पठाउने सूचना आएको हो ।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन् । विभागले डिपोर्टमा परेका व्यक्तिहरूको नामावली सार्वजनिक नगरे पनि उनीहरू विभिन्न २८ जिल्लाका रहेका छन् ।

ट्रम्प प्रशासनले सुरुवातमा कागजविहीन आप्रवासीलाई स्वदेश फर्किन आग्रह गरेको थियो । तर आग्रह नमान्नेहरूलाई पछिल्ला दिनमा खोजी गरी जबर्जस्ती डिपोर्ट गर्ने कार्य भइरहेको छ ।

 

प्रकाशित : १८ भाद्र २०८२, बुधबार, ,