breaking news

पशुपतिमा जम्मा भएको फोहर व्यवस्थापनमा समस्या



काठमाण्डौ – महाशिवरात्रिको मेलाले पशुपति क्षेत्रमा फोहर जम्मा भएको छ । फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन समस्या परेका छन् ।

बेलैमा फोहोर व्यवस्थापन गर्न नसक्दा नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने अवस्था हुनु राम्रो नभएको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसमेत रहेका स्थानीयवासीन्दा गोपालप्रसाद सुवेदीले बताउनुभयो । हजारौँ कर्मचारी भएको कोषले फोहरको तत्काल व्यवस्थापन गर्नुपर्ने उहाँको जोड छ ।

कोषका सुचना अधिकारी अनिता भट्टले लाखौँ भक्तजनको आगमनका कारण फूलप्रसादले पशुपति क्षेत्र फोहर देखिएकोमा सफाइ कार्य शुरु गरीएकाे र पर्सि बिहिवारसम्म पूर्ण रूपमा सफाइ सकिने बताउनुभयो ।

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार, ,