अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका ३७ नेपालीलाई बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ‘उडान नम्बर एन८२८एएक्स’ जहाजमार्फत उनीहरूलाई नेपाल पठाउने सूचना आएको हो । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन् । विभागले डिपोर्टमा परेका व्यक्तिहरूको नामावली सार्वजनिक…