काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह जारी छ।
महाशाखाका अनुसार हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली देखिन्छ भने बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।
आज राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, साथै बाँकी प्रदेशका पहाडी भूभाग र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।























प्रतिक्रिया