सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बु । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर हिउँमा चिप्लिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी इन्स्पेक्टर विकास राईले जानकारी दिए। उनका अनुसार हेलिकप्टरमा पाइलटबाहेक अन्य कुनै यात्रु थिएनन्। पाइलटलाई सकुशल उद्धार गरिएको छ। दुर्घटना भएको हेलिकप्टर पर्यटक लिन लबुचे पुगेको बताइएको छ।…