breaking news

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी



काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ।

आइतबारदेखि नै आक्रोशित आफन्तले सोमबार पनि प्रदर्शन गर्ने भएपछि किस्ट अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले अस्पताल परिसरलाई घेरेर राखेको छ । अस्पताल बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्य भेला भएका छन् ।

त्यहाँ शनिबार एकजना गर्भवतीको ज्यान गएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूले लगाएका छन् ।

अहिलेसम्म अस्पतालले संवादका लागि नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।wmremove-transformed (1).jpeg

प्रकाशित : १० कार्तिक २०८२, सोमबार, ,