काठमाडाैं । पोखरामा आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। होटेल सङ्घ नेपाल पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डगण्डकी प्रदेश कार्यालयको सहकार्यमा सुरु भएको यो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म सञ्चालन हुनेछ। विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत वीरगञ्ज, हेटौँडा, विराटनगर, इलामलगायत पूर्वी नेपालका सहरहरूमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम…