काठमाडौं । नेकपा एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरूको इतिहास बिर्सन नहुने बताउनुभएको छ । रामेछापको सुनपाति गाउँपालिका–१ गुन्सीमा एमाले वडा पार्टीको अधिवेशन उद्घाटन तथा कम्युनिष्ट पार्टीका सेल्टरदाताको सम्मान कार्यक्रमलाई शनिबार गुन्सिमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले अग्रजको सम्मानले नै इतिहास जोगिने बताउनुभयो । ‘इतिहास प्रेरणा हो, इतिहास शक्ति हो, इतिहासलाई जस्ताको तस्तै जीवित बनाऊँ’, उहाँले…