देश / प्रदेश

आज ग्याल्पो ल्होसार देशभर सार्वजनिक बिदा



काठमाडौ । आज ग्याल्पो ल्होसार । शेर्पा सुमदायले आजको दिनलाई नयाँ बर्षको रूपमा मनाउने गर्दछन् । आज २१५१औँ ग्याल्पो ल्होसार मनाउँदै छन् ।

ग्याल्पो ल्होसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्वको रुपमा लिने गरिन्छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले मनाइने यस पर्वमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको हुन्छ । बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु हुँदैछ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको जानकारहरू बताउँछन् । सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक विदा दिएको छ

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार, ,