back

अब मधेस सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारकाे नेतृत्व अब नेकपा एमालेले गर्ने बताउनुभएकाे छ ।
बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताउनुभयो । मधेस प्रदेश सरकारको नेतृत्व लिएर एमालले कसरी विकास गर्छ भन्ने कुरा देखाउन चाहेको पोखरेलले धारणा राख्नुभयो ।
मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयाे। तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक नेकपा एमालेकै पालामा बनेको स्पष्ट पार्नुभयो । नेपाली जनता र मधेसका जनताको हितको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीसँग आँखा जुधाएर कुरा गर्नुभएको पाेखरेलले बताउनुभयो ।
जिम्मा लिएर १० वर्षसम्म भारतले रोकेको हुलाकी सडक केपी ओली प्रधानमन्त्री हुँदा बनाएको उहाँले स्मरण गराउनुभयो । ‘तराई मधेसको विकासका लागि नेतृत्व गर्ने पार्टी हो नेकपा एमाले, त्यो पार्टीलाई क्षेत्रीय पार्टीहरू मधेस विरोधी भन्ने गर्दछन्’, उहाँले भन्नुभयो ।मधेसका जनतामा देखिएको निराशा नै आफूलाई मधेसवादी भन्ने दलहरूले लिएको बाटो भएको पोखरेलले बताउनुभयो । मधेसको निराशा तोड्ने र आशा जगाउने काम गर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । मधेसमा देखिएका नयाँ नयाँ काम नेकपा एमालेले नै गरेको पोखरेलले बताउनुभयो ।
विकास नगर्नेहरू मधेसका समर्थक र विकास गर्ने पार्टी मधेस विरोधी हुन नसक्ने उहाँले बताउनुभयो । यो सच्चाइलाई बुझ्न आवश्यक रहेको उहाँको धारणा छ ।
हिमालबाट बग्ने पानीबाट मधेसमा सिँचाई गर्नुपर्दछ भनेर भेरी डाइभर्सन तथा सुनकोसी–मरिण डाइभर्सनको काम नेकपा एमालेले अघि बढाएको उहाँले बताउनुभयो । ‘सुनकोसी–मरिण डाइभर्सनको सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ’, उहाँले भन्नुभयो ।
विगतमा एमालेलाई तराई मधेसमा छिर्न नदिने भनेर जनताका सपना र विकासलाई रोक्ने काम भएको उहाँले बताउनुभयो । एमाले बेलैमा सरकारमा गएको भए मधेस अहिले निक्कै अगाडि बढिसकेको हुने उहाँले स्पष्ट पार्नुभयो । नेपालको विकास र समृद्धि देख्न चाहनेले नेकपा एमालेलाई रोक्ने र विभाजित गर्ने काम गरेका उहाँले बताउनुभयो ।
पार्टीका नेता कार्यकर्ताको मेहनत र समर्पणका कारणले नेकपा एमाले कठिन परिस्थितिमा पनि देशको सबैभन्दा लोकप्रिय दल बनेको उहाँले बताउनुभयो । अहिले पुरानो सत्ता गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेको भन्दै पोखरेलले यसमा नेकपा एमालेले कुनै भाग नखोजेको बताउनुभयो । एमालेको ध्यान भागबण्डामा होइन, देशको विकास र बढ्दै गएको निराशालाई आशामा परिणत गराउने तर्फ केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो ।
एमालेले देशको ओरालो लागेको यात्रालाई रोक्ने सोचका साथ नयाँ समीकरण गरेको पोखरेलले बताउनुभयो । अहिलेको  सत्ता समीकरणलाई पूर्णसमयसम्म लैजाने कुरामा एमालेको प्रयास रहेन उहाँको भनाइ छ ।
नेकपा एमालेलाई अब निर्णायक शक्तिका रूपमा विकास गर्नुपर्ने बताउँदै पोखरेलले यसका लागि जनताको बिचमा जानु पर्ने बताउनुभयो । सामाजिक अपराधका घटनाबाट जनतालाई मुक्ति दिलाउन, सामाजिक विकास समृद्धिको अगुवाइ गर्न कार्यक्रममा देखिएर मात्र नहुने बताउँदै पोखरेलले त्यसको लागि जनताका बिचमा जानु पर्ने र  जनताकै विश्वास जित्नु पर्नेमा जोड दिनुभयो ।
अहिले कांग्रेसमा सरकारबाट बाहिरिनु पर्ने पीडा देखिएको उहाँले बताउनुभयो । सरकारबाट बाहिरिनुको पीडा कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर गरिरहेको उहाँले बताउनुभयो । मधेस सरकारकाे नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

अहिले कांग्रेसमा सरकारबाट बाहिरिनु पर्ने पीडा देखिएको उहाँले बताउनुभयो । सरकारबाट बाहिरिनुको पीडा कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर गरिरहेको उहाँले बताउनुभयो ।

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...