राजनीति

कोरोना भाइरस नियन्त्रणका लागि सबै एकजुट हाेउ:, प्रधानमन्त्री शेरबहादुर देउवा


१ माघ २०७८, शनिबार, ,


माघ १,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि सबै एकजुट भएर अगाडि बढनु पर्ने  बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले अब सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका छन ।

‘कोरोना नियन्त्रण र रोकथामका लागि अब तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक जुट रहनुपर्ने ‘ प्रधानमन्त्री देउवाले भने, ‘सबैको सहकार्य र एकताबाट मात्र कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने छ!

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताएका छन ।

उनले आफूले सरकारको नेतृत्व गरेपछि कोरोनाविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको दाबी गर्दै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढिर हेकाे पनि बताए ।

एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले आजै बिहान प्रधानमन्त्रीलाई देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको थियोे !

प्रकाशित : १ माघ २०७८, शनिबार, ,