back

बाढी प्रभावित विद्यार्थीहरुलाई प्याब्सनको शैक्षिक सामग्री सहयोग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०ले सदस्य विद्यालयका मेलम्ची बाढी प्रभावित विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रबार मेलम्ची कम्युनिटी इङ्लिस स्कुल र प्रगति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ । दुवै विद्यालयका गरी तीन सय १८ विद्यार्थीलाई सामग्री वितरण गरिएको मेलम्ची कम्युनिटी इङ्लिस स्कुलका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिए ।

कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष थकिनकुमार गुरुङले शैक्षिक गतिविधिलाई असहज परिस्थितिमा पनि तत्कालै सहज ढंगले सञ्चालन गर्नका लागि सहयोग गरेको बताए । उनले प्रभावित विद्यार्थीका लागि पाठ्यपुस्तक, पोसाक लगायतका सामग्री प्याब्सनले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विपत्ति भनेकै भैपरी आउने समस्या भएकाले यसलाई सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य एवम् क्वीक रेस्पोन्स टिमका संयोजक आशिष श्रेष्ठले प्याब्सनमा आबद्ध विद्यालयबीच सहयोग र समन्वय अति आवश्यक रहेको बताए ।

उनलेबाढी प्रभावित अभिभावक तथा बालबालिकाका लागि पठनपाठनको समस्या भएमा पनि प्याब्सनले सहयोग गर्ने समेत बताए। कार्यक्रममा मेलम्ची–११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालले ठूलो दुःखमा गुज्रिएको अवस्थामा प्याब्सनले देखाएको अग्रसरताले ठूलो आशा पलाएको बताए।

उनले अभिभावकमा धैर्य गर्न आग्रह गर्दै आगामी दिनमा विद्यालय सञ्चालनका लागि सक्रिय भएर लाग्न शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षलाई आग्रह गरे । कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष पुष्कर धितालले विद्यालय सञ्चालनका लागि थुप्रै चुनौती भए पनि सामना गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक प्याब्सनका पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य कर्मवाङ्गेला लामा, प्रगति अंग्रेजी माविका प्रिन्सिपल ऋषिराम नेपाल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, वडा सदस्य टिकादत्त धिताल लगायतको उपस्थिति थियो ।


बनेपा नगरपालिका
सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १८:४०

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज...

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...