back

सकियो रवि लामिछानेको बयान:जिल्ला अदालत कास्की

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ ।  जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो ।  उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् । उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो । बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन् ।  बयानका क्रममा लामिछानेले न्यायाधीशले सोधेका सजिला प्रश्नको जवाफ दिएका थिए भने अप्ठ्यारा प्रश्नमा जीबी राईलाई  जिम्मेवार बनाएका थिए । सहकारीको खाताबाट कुनै रकम नआएको र रकम नमासेको उनको दाबी छ । क्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने छ ।


क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

वि.सं.२०८१ पुस २८ आइतवार २२:०६

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार छ सय...

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

वि.सं.२०८१ पुस २८ आइतवार २१:५१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने...

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

वि.सं.२०८१ पुस १८ बिहीवार १६:२१

नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट...

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

वि.सं.२०८१ पुस १८ बिहीवार १२:१०

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय...