back

एमालेको पहिलो राष्ट्रिय महिला भेला जेठ १६,१७गते हुने, सबै तयारी पुरा

काठमाडौ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ ।

आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओली रहनुहुने जानकारी दिनुभयो ।

२०६३ साल जेठ १६ गते नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आइरहेको छ । ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ पत्रकार सम्मेलनमा ढकालले भन्नुभयो- ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।’


प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:०२

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल...

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०३

काठमाडौँ, २४ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको...

जसपा फुटेपछि नेपालले बोलाए संसदीय दलको बैठक

जसपा फुटेपछि नेपालले बोलाए संसदीय दलको बैठक

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका...

सुहाङ नेम्वाङको जितको खुसियालि मनाउन इलाम पुगे ओलि

सुहाङ नेम्वाङको जितको खुसियालि मनाउन इलाम पुगे ओलि

वि.सं.२०८१ वैशाख १८ मंगलवार २३:१०

बैशाख १८ काठमाडौं ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज...

इलामवासीको विश्वास० र भरोसा मर्न दिने छैन: सुहाङ नेम्बाङ

इलामवासीको विश्वास० र भरोसा मर्न दिने छैन: सुहाङ नेम्बाङ

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:३२

काठमाडौं । नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित...

एमाले प्रतिनिधि परिषद् बैठकमा समूहगत छलफल सकियो

एमाले प्रतिनिधि परिषद् बैठकमा समूहगत छलफल सकियो

वि.सं.२०८१ वैशाख ९ आइतवार १७:५७

काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समूह छलफल...