back
noc

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका लेक्सिनटन,

माघ१५ लेक्सिनटन,अमेरिका,पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै आएका छन् । यसै अमेरिकामा रहेर पनि चलचित्र, भिडियो निर्माण निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ । यो सर्ट फिल्मलाई सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
यो चलचित्रकोे छायाँकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरीएको थियोे । लघु चलचित्र शंकामा चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे , भुवन लोहनी, सन्दिप अर्यालसहितका कलाकारको अभिनय रहेको छ ।
चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोल् कलर र मुकेश साहको मिक्सिंग तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको शंकामा सुदन डोटेल र सरोज प्याकुरेलले शबटाइटल गरेका छन । श्रीमान श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ । निर्देशक सुमनले भने, ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक चलचित्र बनाएका छौ । ’
हालैमात्र उनले हेर्दा हेर्दै यो केटी, यो जीवन मिठो , तिमीसग छुट्टिएर सहित केही म्युजिक भिडियो पनि त्यहीँबाट निर्माण÷ निर्देशन गरेर सार्वजनिक गरिसकेका छन् । उनले केही महिना यताबाट आफ्ना निर्देशनमा नियमति रुपमा अमेरिकाबाटै ल्याक्सिनटन दोहोरी कार्यक्रम निर्माण एवम् प्रस्तुत गर्दै आएका छन् ।
मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पुर्व उपाध्यक्ष हुन् ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...