back
noc

एकताबद्ध एमालेका लागि अध्यक्षमा मेरो उम्मेदवारी : कमल नेपाल नेकपा एमाले जिल्ला सचीव

सिन्धुपाल्चोक ,नेकपा एमाले सिन्धुपाल्चोकको नवौ अधिवेशनमा युवा नेता कमल नेपालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । वर्तमान परिपेक्षमा नेकपा एमालेको जिल्ला नेतृत्वलाई एक ढिक्का बनाएर लैजान आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको नेता नेपालले बताउनु भयो। पार्टी बिभाजन पश्चात् सिन्धुपाल्चोक एमालेमा फुटको असर छैन भनेर प्रमाणित गर्नका लागि पनि जिल्ला नेतृत्वमा आफ्नो उम्मेदवारी रहेको नेता नेपालले बताएका छन । पार्टीमा समन्वयकारी भुमिका खेल्न सक्ने भद्र, कुशल,ईमानदार  सालिन ब्यक्ती भएकै कारण नेता नेपाल जिल्लामै लोकप्रिय हुनुहुन्छ । २०५० सालमा अनेरास्ववियु जिल्ला अध्यक्ष रहेका नेपाल नेकपा एमालेको क्षेत्रीय अध्यक्ष २ कार्यकाल र एमाले जिल्ला कमिटी सदस्य हुँदै सिन्धुपाल्चोक एमाले आठौं जिल्ला अधिवेशनबाट सचिव पदमा नेतृत्व बहन गरेका नेता हुन् । एमाले नवौं जिल्ला अधिवेशनमा नेपाललाई जिल्ला अध्यक्षको नेतृत्वमा ल्याउन जिल्लाका नेता तथा कार्यकर्ताहरुले माग गरेका छन् । पुस २३ मा बाह्रविसेमा भएको नवौं जिल्ला अधिवेशनको उद्घाटन पश्चात कोरोना महामारीका कारण अधिवेशनको बन्दसत्र सम्पन्न हुन सकेको छैन । कोरोना संक्रमणका कारण धेरै नेता तथा कार्यकर्ताहरु विरामी परेको कारणले अर्को सूचना नआए सम्मको लागि जिल्ला नेतृत्व चयनको कार्यक्रम स्थगत गरिएको सिन्धुपाल्चोक एमालेले जनाएको छ । जिल्ला नेतृत्वका लागि अध्यक्षमा कमल नेपाल, बालकृष्ण देउजा, होम नारायण श्रेष्ठ, केदार क्षेत्री र डोल्मा तामाङ प्रत्याशी देखिएका छन् ।
अन्य पदहरु उपाध्यक्षमा ४ जना, सचिवमा ८ जना र उपसचिवमा ९ जना प्रत्यासी देखिएका छन।

युवा नेता कमल नेपालको संक्षिप्त राजनीतिक जीवनीः
कमल नेपाल २०४२ सालदेखि नै नेकपा एमालेको विभिन्न संगठनमा रही सक्रिय राजनीतिमा क्रियाशील युवा नेता हुन् । २०४२ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आवद्ध भएका नेपालले २०४७ सालमा पार्टिको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । २०४९ सालमा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०५३ – ०५४ मा नेकपा एमाले ईलाका नम्बर ४ को इलाका कमिटी सचिवमा रहेर काम गर्नु भएको थियो । २०५४ सालको स्थानीय निकायमको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक जिल्ला पेटकु गाविसको अध्यक्ष पदमा निर्वाचित भएर स्थानीय जनताहरुको सेवा गर्ने मौका पाउनु भएको थियो । २०५८ सालदेखि २०६६ सालसम्म नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नं. १ सिन्धुपाल्चोकको संयोजकको भूमिका निर्वाह गरेका नेपाल २०६६ सालमा नेकपा एमाले क्षेत्रीय कमिटीको प्रथम अधिवेशनबाट क्षेत्र नं. १ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०६८ सालमा पुनः दास्रो अधिवेशनमा समेत नेता नेपाल अध्यक्षमा निर्वाचित भई पार्टीमा महत्वपूर्ण जिम्मेवारीको भूमिका निर्वाह गर्दै आउनु भएको छ । एमाले पार्टीकै राजनीतिक क्रियाशीलताको दौरानमा २०६९ सालमा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा सचिव पदमा निर्वाचित भई हालसम्म जिम्मेवारीमा हुनुहुन्छ । नेता नेपाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई जनताको सेवामा क्रियाशील हुनुहुन्छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...