राजनीति

आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बिशेष महाधिवेशनको निर्णय: नेपाली कांग्रेस



काठमाडौँ,२८ पौष । नेपाली कांग्रेसको विशेष महाधिवेशनले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले आगामी निर्वाचनमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको हो। प्रस्ताव बन्दसत्रमा प्रस्तुत भएपछि सहभागी नेताहरूले ध्वनि मतमार्फत समर्थन गरेका थिए।

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ। यही परिप्रेक्ष्यमा गठबन्धन नगर्ने निर्णय लिइएको महाधिवेशनमा सहभागी एक नेताले बताए।

प्रकाशित : २८ पुस २०८२, सोमबार, ,