राजनीति

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको छ।

पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको औपचारिक कार्य आरम्भका रूपमा यो बैठक हुन लागेको हो।

तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरिसकेका छन्।

हालै सम्पन्न महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

प्रकाशित : ४ पुस २०८२, शुक्रबार, ,