राजनीति

एमालेका कृष्णबहादुर राईद्वारा राजधानी विषेश प्रदेश खुल्लाबाट केन्द्रिय सदस्यमा उम्मेद्बारी



पुर्व सांसद कृष्णबहादुर राईले राजधानी विषेश प्रदेश खुल्लाबाट नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्बारी दिएका छ्न । उनले सबै मतदातामा अनुरोध गर्दै एमालेलाई अझ ससक्त बनाउन आफुलाई बिजयी गराउन अनुरोध गरे ।
२०२६ भदौमा काठमाडौंको जोरपाटीमा जन्मिएका कृष्णबहादुर राई राजनीतिशास्त्रका स्नातकोत्तर हुन् । २०४१ सालमा अखिल पाँचौंको सदस्यता लिएर राजनीतिक सक्रियता बढाएका उनी २०५१ मा नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटी सदस्य र २०७२ मा अध्यक्षमा निर्वाचित भए ।

पञ्चायत विरुद्धको आन्दोलनका क्रममा पटक–पटक पक्राउ र जेल पनि परेका उनले काठमाडौं जिल्ला कमिटी सदस्य रहेका बेला २०५४ सालमा तत्कालीन जोरपाटी गाविस उपाध्यक्षमा निर्वाचित भएर काम गरे ।

देशका दुई ठूला वाम पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन भएको २०७४ सालको संघीय संसदको निर्वाचनमा राईले काठमाडौं–३ बाट टिकट पाएर जिते पनि । त्यसलगत्तै माओवादी केन्द्र एमालेमा समाहित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बन्ने मौका पनि पाए । उनी ठुलै राजनीतिक भविश्य वाेकेका बैचारिक युवा नेता हुन् ।

प्रकाशित : २९ मंसिर २०८२, सोमबार, ,