राजनीति

एमाले महाधिवेशन: ओली समूहले पदाधिकारीको नाम करिब टुंगो लगायो



काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली समूहले पदाधिकारीको नाम करिब टुंगो लगाएको छ।

अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् भने शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएका छन्। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ। प्रदीप ज्ञवालीको नाम पनि उपाध्यक्षको सूचीमा राखिएको भए पनि यसमा अन्तिम टुंगो लाग्न अझै ओली र ज्ञवालीबीच छलफल जारी छ।

उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले जनाएको छ।

सचिव पदमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ।

यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले पनि आफ्ना पदाधिकारीहरूको प्यानल टुंगो लगाइसकेको छ। दुवै समूहमा नपरेका नेताहरू भने स्वतन्त्र रूपमा पदाधिकारीको उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

 

प्रकाशित : २९ मंसिर २०८२, सोमबार, ,