राजनीति

एमालेको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बस्ने



महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो ।

बन्दसत्र आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका औपचारिक कार्यक्रम सुरु हुनेछन् । बन्दसत्र सुरु हुनुअघि बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ ।

यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी भए पनि त्यसअघि केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्रको समय पछि सारिएको पार्टीले जनाएको छ ।

प्रकाशित : २८ मंसिर २०८२, आइतबार, ,