काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मिति सम्बन्धी विवाद समाधान गर्न आज दिउँसो पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग महत्त्वपूर्ण छलफल गर्ने भएका छन्।
उपसभापति पूर्णबहादुर खड्काले सहमति गराउने प्रयास सफल नभएपछि सभापति देउवाले दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा बैठक आह्वान गरेका हुन्। छलफलमा नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पदाधिकारी र पूर्वपदाधिकारीहरू समावेश रहनेछन्।
सभापति देउवाले प्रत्यक्ष पहल गरेको आजको बैठकले महाधिवेशन मिति टुंगो लगाउने अपेक्षा गरिएको छ। आन्तरिक सहमति नजुट्दैं आएपछि कांग्रेसको बैठक पटक–पटक सारिँदै आएको छ।























प्रतिक्रिया