काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईंलाई प्रहरी हिरासतबाट छाड्न आग्रह गरेका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका क्रममा ओलीले प्रसाईंलाई तुरुन्त छाड्न सरकारलाई आग्रह गरेका हुन् ।
मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेको भन्दै असन्तुष्टि पोख्दै ओलीले भने ‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु अपराध हो ? ’, ओलीले प्रश्न गरे । उनले स्वेच्छाचारी ढङ्गले प्रसाईँलाई पक्राउ गरिएको बताए ।























प्रतिक्रिया