काठमाडौँ । नेकपा एमालेले आज देशभरका ७५३ वटै स्थानीय तहमा जनसभा गरिरहेको छ।
संविधानको रक्षा र प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन अभियानलाई तीव्रता दिँदै एमालेले आजको कार्यक्रमलाई पालिका तहमा केन्द्रित गरेको हो।एमालेका अनुसार प्रदर्शन बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म निरन्तर चल्नेछ।
पालिकास्तरीय प्रदर्शनका लागि पार्टीका महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका थिए। सोही निर्देशनअनुसार प्रदर्शन, भेला र अन्तरक्रिया कार्यक्रमहरू आज देशभर सञ्चालन भइरहेका छन्।
यसअघि एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो। अब सो अभियानअन्तर्गत कात्तिक २९ गते जिल्ला तहमा र मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टीले मंसिर २७ गते ठूलो जनसभा आयोजना गर्दै ११औं महाधिवेशनको उद्घाटन समेत गर्ने तयारी गरेको जनाएको छ।























प्रतिक्रिया