राजनीति

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले यही भदौ २० देखि २२ गतेसम्म हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ । बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।

यसअघि स्थगित भएको केन्द्रीय कमिटी बैठक भने अब नराखिने भएको गौतमले बताए । उनका अनुसार विधान अधिवेशनको तयारीलाई प्राथमिकता दिनुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना छैन ।

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार, ,