काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि अचानक स्थगित भएको छ।
दिउँसो २ बजेका लागि तय गरिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को कार्यव्यस्तताका कारण अर्को सूचना नआएसम्मका लागि सारिएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए।
यसअघि बिहीबार बोलाइएको बैठक पनि स्थगित भएको थियो। प्रचण्डले बुधबार सरकारमा नभए पनि आफू नै राजनीतिको खाँबो भएर उभिएको अनुभूति हुने अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा उपमहासचिव जनार्दन शर्माले शनिबार विज्ञानको प्रमाण देखाउँदै “शेषनाग हल्लिँदा भूकम्प आउँदैन” भन्ने टिप्पणी गरेका थिए।
बैठक स्थगित हुनुमा औपचारिक रूपमा कार्यव्यस्ततालाई कारण देखाइए पनि, पार्टी अध्यक्षमाथि लक्षित शर्माको पछिल्लो भनाइपछि नेतृत्व तहमा केही आन्तरिक तयारी भइरहेको स्रोतले जनाएको छ।
यसअघि सम्पन्न माओवादी बैठकले जनार्दन शर्मासहितका गतिविधिलाई लक्षित गर्दै गुटबन्दी नै पार्टीको प्रमुख समस्या रहेको निष्कर्ष निकालेको थियो। स्वार्थ समूह संचालन गर्नेहरूलाई कारबाही गर्ने निर्णय समेत गरिएको थियो।
त्यसपछि प्रचण्डले अपानी पठाउँदै शर्माले आत्मालोचना नगरेको भन्दै नेताहरूलाई गुटबन्दी नगर्न र नेतामाथि व्यक्तिगत आरोप नलगाउन निर्देशन दिएका थिए।























प्रतिक्रिया