राजनीति

प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्दै



काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन भएका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका थिए । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ ।

प्रकाशित : २८ श्रावण २०८२, बुधबार, ,