मुख्य समाचार

काठमाडौंका १० वटै क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस



काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ।

जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार निर्वाचन क्षेत्रस्तरीय विस्तारित बैठक तथा क्षेत्रीय कमिटीको सिफारिसका आधारमा जिल्ला कमिटीले उम्मेदवारका नाम माथिल्लो कमिटीमा पठाएको हो। अब ती नाम प्रदेश कमिटीले रूजु गरी केन्द्रीय सचिवालयमा पठाउनेछ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकाल सिफारिस भएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट मणिराम फुयाल एकल रूपमा सिफारिस भएका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा रामेश्वर फुयाल, कृष्ण राई र शान्ति श्रेष्ठको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर ४ बाट डा. राजन भट्टराई एकल सिफारिस भएका छन् भने क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ।

ईश्वर पोखरेल उम्मेदवार बन्न इच्छुक नदेखिएमा किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ, नारायण सिलवाल, बाबुलाल डंगोल, शान्ति बस्नेत र अधिकारीमध्येबाट उम्मेदवार बनाउने गरी जिल्लाले वैकल्पिक सिफारिस गरेको छ।

निर्वाचन क्षेत्र नम्बर ६ मा अमनकुमार मास्के, रामेश्वर बोहरा र रुक्मणी भण्डारी सिफारिस भएका छन्। क्षेत्र नम्बर ७ बाट सपना अर्याल बानिया, प्रेमलाल श्रेष्ठ र प्रकाश श्रेष्ठ सिफारिस भएका छन्।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ८ बाट राजेश शाक्य एकल रूपमा सिफारिस भएका छन्। निर्वाचन क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र मीना काफ्ले सिफारिस भएका छन्।

निर्वाचन क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, सुरेन्द्र मानन्धर र सरस्वती खड्का रिजाल उम्मेदवारका रूपमा सिफारिस भएको जिल्ला अध्यक्ष निरौलाले जानकारी दिए।

 

प्रकाशित : २४ पुस २०८२, बिहिबार, ,