काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा सिफारिस भएका अर्थशास्त्री डा. रामेश्वर खनालले पदसँग जोडिएका अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार उनले निजी सुरक्षागार्ड (पीएसओ), सरकारी गाडी लगायतका सुविधा अस्वीकार गर्ने शर्त राखेरै मन्त्री पद स्वीकार गरेका हुन् ।
स्रोतले भन्यो, “उहाँले तलबबाहेक अरू सुविधा नलिने र नामअघि ‘माननीय’ नलेख्ने अडान राख्नुभएको हो । त्यसमा असहमति जनाउने आधार हामीसँग छैन ।”
खनाल यसअघि पनि इमान्दार र मितव्ययी छविका अधिकारीका रूपमा चिनिँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका आर्थिक सल्लाहकार हुँदा समेत उनले सरकारी सेवा सुविधा लिएका थिएनन् ।
हालै मात्र उनी सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा सक्रिय थिए । सार्वजनिक प्रशासन सुधार र खर्चमा मितव्ययिताको निरन्तर वकालत गर्दै आएका खनाल पूर्वअर्थसचिवका रूपमा नै बढी चर्चित छन् ।
























प्रतिक्रिया