काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या अन्ततः समाधान भएको छ । मङ्गलबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरोकारवालाबीच भएको सहमतिपछि आयोजनाको पानी पथान्तरणसँग सम्बन्धित अवरोध हटेको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रका स्थानीय तह, सामाजिक उत्थान कार्यक्रम समिति, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाललगायतका सरोकारवालाले समय-समयमा उठाएका मागहरू सम्बोधन गरिने भएका छन्…