काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घरको फोहोरमैला घरमै राख्न आग्रह गरेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोरमैला फाल्नमा समस्या सिर्जना भएको भन्दै महानगरले अर्को सूचना नभएसम्म फोहोरमैला घरमै राख्न आग्रह गरेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै भनेको छ, ‘घरबाट निष्कासन हुने फोहोरमैला घर कम्पाण्डमै सुरक्षित तरिकाले राख्नुहोस् र सार्वजनिक स्थलमा नफाल्नुहोस्।’
महानगर र संघीय सरकारलाई फोहोर व्यवस्थापनसम्बन्धी १८ बुँदे सहमति कार्यान्वयनका निम्ति दबाब दिँदै बञ्चरेडाँडाका स्थानीयले केही दिनयता फोहोर विसर्जनमा रोक लगाएका छन् ।

























प्रतिक्रिया