काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।…