काठमाडौ । अष्ट्रेलिया सरकारले आप्रबासी भिषामा कडाई गर्ने भएको छ। यहाँको सरकारले आउँदो दुई वर्षभित्र विदेशी आप्रवासीको संख्या आधा घटाउने योजना बनाएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासनसम्बन्धी नयाँ नीतिले अष्ट्रेलिया जाने तयारीमा रहेका नेपालीहरूलाई भने थप तनाब सिर्जना भएको छ । अष्ट्रेलिया सरकारले दुई वर्षभित्र आप्रवासीको संख्या आधा घटाउने घोषणा गरेको…