back

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

काठमाडौ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

रानीपोखरीमा उल्लासपूर्वक मनाउने गरिएको यो पर्व भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरि्न । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ ।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...